नेपालको अर्थतन्त्रको अवस्था भयावह नरहेको राष्ट्र बैंकका कार्यकारी निर्देशक भट्टको भनाइ

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता डा. गुणाकर भट्टले नेपालको अर्थतन्त्रको अवस्था भयावह नभएको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित एक साक्षात्कारमा बोल्दै नेपालको अर्थतन्त्र भयावह अवस्था नरहेको र अर्थतन्त्रका आधार कमजोर नरहेको भन्दै अहिले देखिएका दबाबलाई पनि भोलिका दिनमा सम्बोधन गर्न सकिने बताए ।

उनले नेपालको मुद्रा स्फितिमा पनि समस्या परेको उल्लेख गरे । शोधान्तरण स्थिति, नेपालबाट कति रकम बाहिर गयो ? र नेपालमा कति रकम बाहिरबाट अयो ? भन्ने कुरा हेर्द शोधान्तरण स्थिति २४७ अर्बले घाटामा रहेको उनले बताए ।

भट्टले गत वर्ष मात्रै नेपालले ५० अर्बको चामल आयात गरेको तथ्यांक उल्लेख गर्दै यो वर्षको ८ महिनामात्रै हेर्दा ३७ अर्बको चामल आयात गरेको जानकारी दिए । औषधिलगायतका अत्यावश्यक वस्तु आयात गर्नको लागि पनि विदेशी विनिमय सञ्चिति जतन गर्नुपर्ने उनको भनाइ छ ।

अहिलेको मूल्यबृद्धिले हामीले पेट्रोलियम पदार्थको उपयोगमा अलिकति किफायती बन्नुपर्छ भन्ने देखाएको र विदेशी विनिमय सञ्चितिमा चनाखो हुनुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..