राजनीतिक संकटले पाकिस्तानी रुपिया इतिहासकै कमजोर

एजेन्सी । राजनीतिक संकटले पाकिस्तानी रुपिया निरन्तर ओरालो लागेको छ । डलरको तुलनामा रुपी निकै कमजोर भएको त्यहाँको मिडिया रिपोर्टमा उल्लेख छ ।

एक डलर बराबर पाकिस्तानी १८८ रुपिया पुगेको छ । यो अहिलेसम्मकै कमजोर अवस्था हो ।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वासको प्रस्ताव पेश भएपछि उनले संसद विघटन गरेसँगै त्यहाँ राजनीतिक संकट गहिरिएको हो । उक्त मुद्दा अदालतमा विचाराधीन छ । अर्कोतर्फ, पाकिस्तान ऋणको जालोमा परेको छ । पाकिस्तानको व्यापार घाटा अत्याधिक बढेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..