ओलीको पार्टीलाई धुलो चटाउँछौं : अध्यक्ष नेपाल

सुनसरी । नेकपा (एकिकृत समाजवादी) पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आगामी स्थानीय निर्वाचनमा केपी ओलीको पार्टीलाई धुलो चटाउने चेतावनी दिनुभएको छ ।सोमबार सुनसरीको इटहरीमा आयोजित पार्टी प्रबेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले उक्त चेतावनी दिनुभएको हो ।


अध्यक्ष नेपालले एमालेको सूर्य चिन्हमा ग्रहण लागेको र कलम चिन्ह प्रति जनताको आकर्षक बढेकाले अबको निर्वाचन सरकारमा आबद्ध दलहरूले मात्र विजय गर्ने दाबी गर्नुभयो ।राष्ट्रिय सभाको निर्वाचनमा पनि एमालेलाई धुलो चटाएइको स्मरण गर्दै नेपालले अब आउने तीन तहको निर्वाचनमा सरकारमा गठबन्धन मिलेर एमाले अध्यक्ष केपी ओलीको अहंकारलाई समाप्त पारिदिने दाबी गर्नुभयो ।

कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले केपी ओली सरकारको पालामा भ्रष्टाचार भएको भन्दै छानविन गरि दोषी उपर कारबाही हुनुपर्ने बताउनुभयो ।झापाको गिरी बन्धु टी स्टेटको जग्गा घोटाला काण्डको तत्काल छानविन गरि ओली लगायतका दोषीउपर कारबाही गर्न पनि अध्यक्ष नेपालले माग गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..