यस्तो छ स्थानीय चुनावमा उपाध्यक्ष पौडेलको आँकलन

काठमाडौं। नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले स्थानीय तहको निर्वाचनमा एमाले एक्लै लड्ने बताएका छन्। उपाध्यक्ष पौडेलले स्थानीय तह निर्वाचनमा एमालेलाई कसैसँग तालमेल वा गठबन्धन गर्नुपर्ने आवश्यकता नरहेको बताए।

उनले एमाले एक्लै निर्वाचन लड्ने र ७० प्रतिशत पालिकाहरूमा जित्ने दाबी गरे। उनले भने, ‘‘७० प्रतिशत जित्न नसकेको अवस्थामा ६० प्रतिशतभन्दा तल झरु झर्दैन।”

उनले माओवादी केन्द्रसँग गठबन्धन नगर्ने बताए। एमालेसँग गठबन्धन होला र ठाउँ पाउँला भनेर सपना नदेख्न माओवादीलाई उनले चेतावनी दिए। गठबन्धनका लागि माओवादीसँग वार्ता नभएको र गर्दा पनि नगर्ने उनको भनाइ थियो।

सत्तारुढ गठबन्धनमा दरार सिर्जना हुँदा माओवादीले एमालेसँग मिल्छु भनेर नेपाली कांग्रेसलाई तर्साउने गरेको भन्दै एमाले कसैको भर्‍याङ नबन्ने उनले बताए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..