बनारस पुगे प्रधानमन्त्री देउवा, आदित्यनाथले गरे स्वागत

काठमाडौं । तीन दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा अहिले उत्तर प्रदेशको धार्मिकस्थल बनारस पुगेका छन् । प्रधानमन्त्री देउवा विशेष विमानमार्फत काशी विश्वनाथको मन्दिर दर्शन गर्न बनारस पुगेका हुन् ।

देउवालाई विमानस्थलमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गरेका छन् । भारतको औपचारिक भ्रमणमा शुक्रबार दिल्ली पुगेका प्रधानमन्त्री देउवा र भारतीय समकक्षी नरेन्द्र मोदी नेतृत्वको प्रतिनिधिमण्डलबीच शनिबार नेपाल र भारतबीच ऊर्जा, इन्धन, रेल सेवा सञ्जाल विस्तारलगायत पारस्परिक सहयोग एवं सहकार्य गर्नेसम्बन्धी चारवटा समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।

प्रधानमन्त्रीसहितको प्रतिनिधिमण्डल आजै स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..