ठूला राजनीतिक दलका नेताहरुले नितिगत रुपमा नै भ्रष्टाचार गरे : अध्यक्ष ढकाल

नुवाकोट । आसन्न स्थानीय तहको निर्बाचनको मिति नजिकिएसँग नेपाल परिवार दलले चुनाब केन्द्रीत कार्यक्रमलाई तिब्रता दिएको छ । बैकल्पीक प्रजातान्त्रीक धारको रुपमा नेपालको राजनीतिमा आएको परिवार दलको नुवाकोट जिल्ला कमिटीको आयोजनामा शनिबार नुवाकोट विदुरमा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन् गरेको छ ।


दलका जिल्ला अध्यक्ष शिवकृष्ण श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा बोल्दै परिवार दलका अध्यक्ष एकनाथ ढकालले पुराना दलहरुको आयु सकिएको बताउदै उनिहरुले गर्न सक्ने जति काम गरिसकेकोले अब यो भन्दा धेरै आशा गर्न नहुने र पुरानो विचारले कहिल्यै नयाँ युगको नेतृत्व गर्न नसक्ने ठोकुवा गरे ।

उनले भने बिकासको साधक हनुपर्ने नेताहरुनै बाधक बनेकोले स्थानीय तहमा अपेक्षा अनुसारको विकास निर्माण हुन नसकेको बताए । पूर्वमन्त्री समेत रहेका ढकालले देश परिवर्तन गर्ने जिम्मा राजनीतिक नेतृत्वको प्रमुख भुमिका रहे पनि वर्तमान अवस्थामा जन्मदर्ता प्रमाण पत्र बनाउन देखि मृत्यु दर्ता प्रमाणपत्र बनाउन समेत भनसुन र कमिसन दिनुपर्ने स्थिति सिर्जना भएको बताए ।

उनले पुराना नेताहरुले नितिगत रुपमा नै भ्रष्टाचार गरेर विकृत संस्कार खडा गरी राज्यको ढुकुटी सबै पोल्टामा हालेर दादागिरी मच्चाएकाले अब जनताहरु सचेत भएर नयाँ नेतृत्व चुन्नु पर्नेमा जोड दिए ।ढकालले आसन्न स्थानीय निर्बाचनमा आफ्नो पार्टीले भाग लिनको लागि ७६ जिल्लाको विवरण निर्बाचन आयोगमा पेश गरेको बताउदै निर्बाचनको तयारीमा जुट्न नेता तथा कार्यकर्तालाई आग्रह गरे ।


दलका महामन्त्री सन्तोष कुमार पौडेलले पार्टी स्थापना काल देखि नै जनताको घर दैलोमा पुगेर साथ दिएकाले हामिलाई पार्टीको आकारले खासै प्रभाव नपारेको बरु जनताहरु बिस्तारै परिवार दलमा आकर्षित भएको बताए । दलका अर्का महामन्त्री प्रकाश बाबू थापाले यूवाहरु परिवर्तनको संवाहक भएता पनि आजको नाजुक परिस्थितिले आफुलाई कहाली लागेको र आफू परिवार दलमा आएर सचेत नभएको भए विदेशी भुमिमा श्रम बेचेर बस्नु पर्ने अवस्था गरेको बताए ।

पीस फोर्सका अध्यक्ष रविन्द्र चौलागाईले भत्किएका यूवा संस्कारहरुलाई पुनस्थापना गर्न पिस फोर्स जन्मिएको बताएका थिए । दलका युवा नेता ढुण्डिराम खनालले सबै भन्दा बढि बजेट नुवाकोट जिल्लामा विनियोजन भएता पनि बाटैमा भ्रष्टचार गरि नुवाकोटे जनतालाई उनिहरुले अपराध गरेको बताए । अध्यक्ष ढकालले बिभिन्न दल परित्याग गरेका दर्जनौ व्यक्तिहरुलाई परिवार दल को सदस्यता वितरण गदै दलमा प्रबेस गराएका थिए ।


यसै बीच दलको भार्त संगठन पिस फोर्स नुवाकोट जिल्ला कमिटी गठन गरेको छ । अर्जुन मिजार अध्यक्षतामा बनेको कमिटिमा, वरिष्ठ उपाध्यक्षमा विक्रम थापा मगर, उपाध्यक्षमा रिता कुमाल, सचिवमा कुसल श्रेष्ठ, सह– सचिवमा उद्दव अधिकारी, कोषाध्याक्षमा सरस्वती रिजाल, सह– कोषाध्यक्षमा उत्तम राज अधिकारी र जिल्ला सदस्यहरुमा सुजिता अधिकारी,गणेश श्रेष्ठ ,विजय तामाङ ,पुष्पा तामाङ,संगिता श्रेष्ठ ,दिपासा कुमाल ,सुस्मिता कुमाल ,सरिता कुमाल, सुसक कुमाल लगायत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..