गेसो अध्यक्ष राई माओवादीमा प्रवेश


काठमाडौं । गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) का अध्यक्ष कृष्णकुमार राई नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन् । शनिबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राईसहितका गेसोका पदाधिकारीलाई पार्टी प्रवेश गराएका हुन् ।


अहिले भूतपूर्व गोर्खा सैनिकको मागलाई लिएर बेलायत सरकारसँग वार्ता गर्न नेपालले टोली बनाएको छ, जसमा भूपू गोर्खाहरुको अर्को संगठन गोर्खा सत्याग्रह पक्षलाई समेटिएको छ ।


गोसोले आफ्नो पनि प्रतिनिधिधित्व खोजेको थियो । तर गेसोलाई समेटिएन । सत्तारुढ पार्टीमा आवद्ध हुँदा वार्ता टोलीमा प्रतिनिधित्वका लागि सहज हुने देखेर पनि एमाले निकट रहेका राई माओवादी केन्द्र प्रवेश गरेको हुनसक्ने बताइएको छ ।

शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उक्त वार्ता टोलीमा गेसोको प्रतिनिधित्व नहुने सुन्दा आफूलाई अचम्म लागेको बताए । उनले यस विषयमा आफूले प्रधानमन्त्री शेरबहादुर देउवाउँग कुराकानी गरेको र प्रधानमन्त्री सकारात्मक रहेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..