युक्रेनको बुचा सहरमा छरिएको अवस्थामा बिस पुरुषको शव भेटिए

युक्रेन । युक्रेनी सेनाले राजधानी किभनजिकैको बुचा सहरकाे सडकमा कम्तीमा २० सर्वसाधारणको शव फेला परेको जनाएका छन् । सो सहरलाई युक्रेनी सेनाले रुसी फौजबाट हालै आफ्नो नियन्त्रणमा राख्न सफल भएको थियो ।

फेला परेका २० वटै शव पुरुषहरूको रहेको बताइएको छ । तीमध्ये एउटा शवको दुवै हात पछाडि बाँधिएको अवस्थामा भेटिएको छ । शवहरू  राजधानीको उत्तरपश्चिमको आवासीय सडकमा छरिएका थिए । मृत्युको कारण प्रस्ट हुन सकेको छैन । यद्यपि, एक जनाको टाउकोमा ठूलो चोट लागेको थियो ।

राजधानी किभलाई घेरा हाल्ने प्रयास विफल भएपछि रुसी फौज किभनजिकैका धेरै सहरहरूबाट फर्किएको छ भने युक्रेनले बुचा ‘स्वतन्त्र’ भएको  घोषणा गरेको छ । तर युद्धका कारण सहर ध्वस्त बनेको छ ।  अपार्टमेन्ट ब्लकहरू गोलाबारीले छिया छिया बनेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..