भारतबाट पेट्रोलको मूल्य घटेर आयो, तर डिजेल र मट्टितेलको मूल्यमा वृद्धि (विज्ञप्तिसहित)

काठमाडौं । नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसन (आइओसी) ले फेरि पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाएको जानकारी दिएकाे छ ।

शुक्रबार निगमले विज्ञप्ति जारी गर्दैै भारतबाट आएको नयाँ मूल्यसूची अनुसार पेट्रोलको भाउ १ रुपैयाँ ४८ पैसाले घटेर आए पनि निगमलाई आगामी १५ दिनको घाटा ५ अर्ब २१ करोड हुनेछ ।

आइओसी पठाएको नयाँ मूल्यअनुसार डिजेलमा प्रतिलिटर ०.०२ रुपैयाँले, मट्टितेलमा २२ रुपैयाँ १९ पैसाले र हवाई इन्धनमा ४ रुपैयाँ २३ पैसाले बढेर आएको छ भने पेट्रोलमा १ रुपैयाँ ४८ पैसाले घटेर आएको छ ।

यसैगरी खाना पकाउने एलपी ग्यासमा अधिकतम २७३ रुपैयाँ ३८ पैसाले मूल्य बढेर आएको निगमले विज्ञप्तिमा उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..