प्रधानमन्त्री देउवालाई केपी ओलीको प्रश्न, ‘स्थानीय चुनावको मुखैमा भारत भ्रमणमा किन जानु भो ?’

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको चुनावको मुखैमा भारत भ्रमणमा किन गएको भनेर प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रश्न गरेका छन् । शुक्रबार पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूले काठमाडौंमा आयोजना गरेको चुनाव केन्द्रित भेलामा बोल्दै अध्यक्ष ओलीले प्रधानमन्त्री देउवालाई यस्तो प्रश्न गरेका हुन् ।

पूर्वप्रधानमन्त्री समेत रेका अध्यक्ष ओलीले ‘यतिसमय नगएर ठ्याक्कै चुनाव अगाडि किन जानुभयो ?’ भनेर आशंका समेत व्यक्त गरे । प्रधानमन्त्री आउनेबित्तिकै ‘यतिबेरै किन भारत भ्रमणमा जानु भो ?’ भनेर आफूले प्रश्न सोध्ने पनि उनले बताए ।

अध्यक्ष ओलीले भनेका छन्, ‘प्रधानमन्त्रीजी विदेश जानु भएको छ, ठ्याक्कै चुनाव अगाडि किन जानु भयो कुन्नि ? आएपछि सोध्नुपर्ला, यति समय किन जानु भएन, यतिबेरै किन जानु भो भनेर । यही समयमा किन जानु भो भनेर ?’

त्यस अवसरमा ओलीले आगामी निर्वाचनमा पाँच दलीय सत्तारुढ गठबन्धनको चिन्ता नलिन पनि विद्यार्थी नेता, कार्यकर्तालाई सचेत गराए । पाँच दलीय गठबन्धन केजीको ढक भएको र आफ्नो पार्टी क्वीन्टलको ढक भएकाले चुनावमा चिन्ता लिनुनपर्ने उनको तर्क थियो ।

अध्यक्ष ओलीले एमाले जितुवा बानी परेको पार्टी भएको उल्लेख गर्दै यसले अब हार व्यहोर्नु नपर्ने जिकिर गरे । माधव नेपालको पालामा जस्तो हार्ने बानी एमालेमा नभएको ओलीले गरे । देश बनाउनका लागि चाहिने भएकाले पनि एमालेलाई विजय गराउने गरी निर्वाचनमा जुटन पनि उनले पार्टीका युवा, विद्यार्थीहरुलाई निर्देशन दिए ।

उनले भनेका छन्, ‘पहिले एमालेलाई माधव नेपालहरुले हार्ने बानी लगाए । अब एमालेको हार्ने बानी छैन । जित्ने बानी हो । माधव नेपाल पालाको हार्ने आदत एमालेले छोडिदियो । २४० सिट लड्दाखेरी ३३ सिटमा खुम्चने । एमाले भाले हो कि पोथी हो भन्ने मान्छे । के नीति हो, एमालेको थाहा छैन जिस्क्याउने । अनि न काँग्रेसको विरोधमा दुई शब्द बोल्न सक्ने ? जानुपर्ने रहेछ, काँग्रेसमा के बोल्नु ? काँग्रेसका विरुद्ध । पछि लाग्नुपर्ने रहेछ, काँग्रेसको कसरी बोल्नु । प्रचण्ड पथ कस्तो रहेछ ? प्रचण्ड पथ भनेको कन्तविजोग नै हो ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..