भारतीय विदेशमन्त्री जयशंकरसँग भेटेपछि प्रधानमन्त्री देउवा भाजपाको कार्यालयमा

काठमाडौं । शुक्रबारदेखि तीन दिने भारत भ्रमणमा निस्किएका प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेपश्चात् सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) को कार्यालयमा पुगेका छन् ।

विदेशमन्त्री जयशंकरबीच नयाँ दिल्लीको होटल आईटीसी मौर्यमा भेटवार्तापछि प्रधानमन्त्री देउवा भाजपाको कार्यालयमा पुगेका हुन् ।

भाजपाको कार्यालयमा स्वागतपश्चात् प्रधानमन्त्री देउवाको टोलीलाई नयाँदिल्लीस्थित नेपाली दूतावासमा रात्रीभोजको आयोजना गरिएको छ । भोलि शनिबार समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने र आइतबार बनारसको भ्रमण गरेर त्यहीँ दिन नेपाल फर्किँदैछन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..