निर्वाचनमा क्षमतावान नेतृत्व चयन गर्नुपर्छ : झलनाथ खनाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले मुलुकको विकास र समृद्धिका लागि आसन्न निर्वाचनमा क्षमतावान नेतृत्व चयन गर्नुपर्ने बताएका छन् ।

डिआर म्युजिक एण्ड क्रियशनले आज यहाँ आयोजना गरेको साहित्यिक कार्यक्रममा नेता खनालले चुनावमा लोकतान्त्रिक दलका स्वच्छ छवि भएका निष्कलङ्क व्यक्तिलाई निर्वाचित गर्न आग्रह गरे । पूर्वप्रधानमन्त्री खनालले जनताको लामो सङ्घर्षबाट प्राप्त भएको अहिलेको संविधान तथा राजनीतिक व्यवस्था प्रजातान्त्रिक भएको बताउँदै मुलुक निर्माण गर्नका लागि अहिलेको प्रणालीलाई उपयोग गर्नुपर्नेमा जोड दिए।

एमालेको नवौँ महाधिवेशनमा ‘सुखी नेपाली र समृद्ध नेपाल’ भन्ने नारा आफूले अगाडि सारेको बताउँदै उनले भने, ‘पार्टीको नेतृत्व निरङ्कुश भयो, ओली सरकारको नेतृत्व जनमुखी हुन सकेन, त्यो नारा पूरा हुन सकेन ।’ नेता खनालले शोषण, दमन, उत्पीडन, भेद्भावविरुद्धका मुद्दामा समाजलाई सही दिशा निर्देश गर्न स्रष्टा क्रियाशील हुनपर्नेमा जोड दिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..