प्रधानमन्त्री देउवाले आज भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता गर्दै

नयाँदिल्ली । तीन दिने औपचारिक भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार (आज) दिउँसो आफ्ना समकक्षी तथा भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीसँग भेटवार्ता गर्ने भएका छन् ।

देउवा र मोदीबीच पूर्वनिर्धारित कार्यक्रम अनुसार हैदरावाद हाउसमा भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । उक्त वार्तामा नेपाल र भारतीय पक्षबीचको प्रतिनिधिमण्डलस्तरीय छलफल हुनेछ ।

प्रधानमनत्री देउवाको सम्मानका लागि समकक्षी दामोदरदास मोदीले हैदरावादमा दिवाभोजसमेत आयोजना गर्ने कार्यक्रम रहेको छ ।

वार्तामा दुवै देशबीच ऊर्जा, कृषि, स्वास्थ्य तथा यातायातजस्ता विषयमा महत्वपूर्ण घोषणा हुने जनाइएको छ ।

त्यस्तै ३५ किलोमिटर लामो जयनगर–कुर्था रेलसेवा तथा भारत सरकारको सहयोगमा निर्मित सोलु करिडोर प्रसारण लाइनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । त्यसपछि नेपालमा निर्माणाधीन १३२ वटा स्वस्थ्य सेवा केन्द्रको प्रगतिबारे दुवै प्रधानमन्त्रीले भिडियोमार्फत जनाइएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार भारत भ्रमणमा निस्किएका छन । उनी पत्नी डा आरजु राणा देउवा, परराष्ट्रमन्त्री खड्का, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, स्वाथ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा, कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्र राय यादवका साथ भारत भ्रमणमा गएका हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..