एकीकृत शहरी विकास योजना निर्माण गर्न मुख्यमन्त्री राउतको जोड


जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले आधुनिक शहर निर्माणका लागी एकीकृत शहरी विकास योजना निर्माण हुनु पर्नेमा जोड दिनु भएको छ ।संघीय शहरी विकास मन्त्रालयले आज जनकपुरधाममा आयोजना गरेको राष्ट्रिय शहरी नीति र शहरी विकास ऐन तर्जुमा सम्बन्धी प्रदेश स्तरीय छलफल तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै मुख्यमन्त्री राउतले सो कुरामा जोड दिनु भएको हो ।


जथाभावि भौतिक संरचना निर्माणले शहरहरु कुरुप बन्दै गएको उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले व्यवस्थित शहरी विकासका लागी संघ सरकारलाई प्रत्येक प्रदेशमा एकीकृत विकास प्राधिकरण गर्न आग्रह समेत गर्नु भयो । स–साना योजनाहरुले विकास भन्दा पनि शहरहरुलाई कुरुप र अव्यवस्थित बनाउदै गएको हुँदा त्यस्ता योजनाहरुलाई तत्काल रोक्नु पर्ने उहाँको कथन थियो ।


नयाँ राष्ट्रिय शहरी नीतिमा आवास विहीनहरुको लागी एकीकृत वस्ती विकासको योजना समेत समेटन आग्रहह गर्दै मुख्यमन्त्री राउतले घर विहिनहरुको व्यवस्थापन विना सुन्दर सहरको परिकल्पना समेत गर्न नसिकने बताउनु भयो ।


फरक प्रसंगमा मुख्यमन्त्री राउतले जनता आवास कार्यक्रम अन्तर्गत एक जनाको आवास निर्माणको लागी हाल उपलब्ध गराइदै आएको साढे तीन लाख रुपैया अति न्युन रहेको हुँदा कम्तीमा सो रकम ६ लाख पु¥याउन आग्रह समेत गर्नु भयो ।

उहाँले छाप्रो विस्थापन योजनाको रकम बढाउन समेत शहरी विकास मन्त्रालयलाई आग्रह गर्नु भयो ।
शहरी विकास मन्त्री रामकुमारी झाँक्रीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मधेश स्थित विभिन्न नगरपालिकाका प्रमुख उपप्रमुखहरुले निर्माधिन नयाँ नीतिमा आ–आफनो सुझाव राख्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..