प्रधानमन्त्री देउवाको भारत भ्रमणअघि सुरक्षा परिषद्को बैठक

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा आज दिउँसो राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो पौने ४ बजेदेखि बैठक बसेको हो ।

बैठकमा गृहमन्त्री बालकृष्ण खाँण, परराष्ट्रमन्त्री डा. नारायण खड्का, प्रधानसेनापति प्रभुराम शर्मा, मुख्य सचिव शंकरदास बैरागी, गृहसचिव टेकनारायण पाण्डेलगायतको उपस्थिति रहेको छ ।

प्रधानमन्त्री देउवा भोलि भारतको तीन दिने भ्रमणमा नयाँ दिल्ली प्रस्थान गर्दै हुनुहुन्छ । त्यसअघि आज सुरक्षा परिषद्को बैठक बोलाइएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..