स्थानीय तह निर्वाचनमा माओवादीको उल्लेख्य प्रगति हुन्छ : पूर्वमन्त्री पुन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले आगामी स्थानीय तहको निर्वाचनमा अघिल्लो पटक भन्दा यस पटक उल्लेख्य प्रगति गर्ने दाबी गरेको छ ।

माओवादील विसं २०७४ को स्थानीय तहको निर्वाचनमा झण्डै एक हजार ३०० वडा र ११६ पालिकामा जीत निकालेको थियो ।

निर्वाचनमा वाम पार्टीमध्ये आफूहरु सबैभन्दा ठूलो पार्टीका रुपमा स्थापित हुने माओवादीको केन्द्रीय कार्यालयका इञ्चार्जसमेत रहेका पूर्वमन्त्री वर्षमान पुनले जानकारी दिए । प्रेस सेन्टर नेपाल उपत्यका प्रदेश समितिले आज ललितपुरमा आयोजना गरेको कार्यक्रममा नेता उनले भने, “हामी आफ्नै तागतमा विश्वास गछौँ । विगतको भन्दा राम्रो नतिजा हामी निकाल्छौँ ।” उनले आफूहरु गठबन्धनको विरोधी नभए पनि कमजोर स्थानमा मात्रै गठबन्धन हुने र सबै स्थानमा भने नहुने स्पष्ट पारे ।

अन्य दलको तुलनामा माओवादी कमजोर नभएको तथा जनताको विश्वाससमेत कायम भएकाले त्यसैमा भर पर्नुपर्ने उनको भनाइ छ ।

दुई–दुई पटक प्रतिनिधिसभाको विघटन गर्ने, संविधानको मूलमर्म र भावनामा प्रहार गर्ने एमालेसँग जनताको घरदैलोमा जाने एजेण्डा नभएपछि अन्य राजनीतिक दलको तेजोबोधन गर्न लागिपरेको उनको भनाइ छ । अन्य पार्टीले जितेका भन्दा माओवादीले नेतृत्व गरेका पालिकाको पाँच वर्षे कार्यसम्पादन अब्बल रहेको, बेरुजु कम भएको, विकास निर्माणको काम प्रभावकारी भएको तथा अन्य सूचकसमेत राम्रो भएको जनाउँदै उहाँले त्यही कुरा लिएर जनतामा जानुपर्नेमा नेता पुनको जोड थियो ।
अग्रगामी एजेण्डा, विचार, राजनीतिलगायतका कारणले पनि अन्य दलभन्दा माओवादी अब्बल रहेको भन्दै उनले आफ्नै बलबूतामा आफूहरुले पुनः श्रेष्ठता हासिल गर्ने बताए ।

फरक एक प्रसङ्गमा पूर्व अर्थमन्त्रीसमेत रहेका नेता पुनले कोरोनाका कारण संसारभरकै अर्थतन्त्रमा समस्या देखिएका कारण त्यसको असर नेपालमा पनि परेको बताए ।“अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि अर्थमन्त्रालयले पहल गरिरहेकै छ । त्यसमा अन्य मन्त्रालयको पनि उत्तिकै साथ र सहयोग रहनु आवश्यक छ । प्रधानमन्त्रीको तहमा नै चासो हुनु आवश्यक छ” उनले भने,“दोष जति अर्थमन्त्री र अर्थमन्त्रालयलाई दिएर कोही पनि उम्कन मिल्दैन । यो नेपालको मात्रै समस्या होइन । विश्वभरकै समस्या हो ।”

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..