राष्ट्रपति पुटिनद्वारा यूरोपमा भोलिबाट ग्याँस आपूर्ति रोक्ने चेतावनी

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलाई साथ दिइरहेका यूरोपेली देशहरुमा ग्याँस आपूर्ति रोक्ने चेतावनी दिएका छन् । उनले रुसी मुद्रा रुबलमा कारोबार नगरे भोलिबाट ग्याँस रोक्ने चेतावनी दिएका हुन् ।

शुक्रबारबाट ग्याँस खरिदकर्ता देशका कम्पनीहरुले रुसी बैंकमा रुबलका एकाउन्ट खोल्नुपर्ने समेत स्पष्ट पारेका छन् । अमेरिका, बेलायतसहित यूरोपेली देशहरुले रुसविरुद्ध आर्थिक प्रतिबन्ध लगाएपछि जवाफमा पुटिनले रुबलबाट कारोबारको शर्त सारेका छन् ।

रुसको कदमप्रति जर्मनीले राजनीतिक ब्ल्याकमेलको आरोप लगाएको छ । जर्मनीको आधा ग्याँस आपूर्ति रुसबाट हुन्छ । उसले डलरमा ग्याँसको रकम तिर्दै आएको थियो ।

यसैगरी, पुटिनलाई रुसी सुरक्षा अधिकारीहरुले गलत ब्रिफिङ गरेर युक्रेन युद्धमा अप्ठ्यारोमा पारेको भन्ने बेलायती खुफिया एजेन्सीको रिपोर्ट सार्वजनिकतर्फ कडा जवाफ दिएको छ । क्रेमलिनले रुसको काम गर्ने शैलीबारे अमेरिकालगायत पश्चिमा देशहरु अञ्जान नै रहेको भनेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..