झुटा आरोप लगाउने युवतीलाई तीन वर्ष ६ महिना जेल सजाय!

अछाम । जिल्ला अदालत अछामले बलात्कारको झुटा आरोप लगाउने एक युवतीलाई तीन वर्ष ६ महिना कैदको फैसला सुनाएको छ । न्यायाधीश नवीनकुमार जोशीको इजलासले सहमतिमा यौन सम्बन्ध राखेर बलात्कार गरेको भन्दै उजुरी दिएकी १९ वर्षीया युवतीलाई उक्त सजाय सुनाएको हो ।

उक्त युवतीले गत माघ १५ गते घरमा हात माग्न आएका २० वर्षीय पुरूषले बलात्कार गरेको भन्दै सोही महिनाको १७ गते प्रहरीसमक्ष जोहरी दिएकी थिइन् । केही दिन फोनमा कुराकानी भएपछि विवाहको प्रस्ताव लिएर घरमा आउने कुरा उनीहरूबीच भएको थियो ।

सोही क्रममा घरमा पुगेका उक्त पुरूषले युवतीकी आमासमक्ष विवाहको कुराकानी गरेका थिए । सोही राति अबेरसम्म उनीहरूबीच कुराकानी भएको र किशोरीको कोठामा पुरूष पनि सुत्न गएका थिए । खाटमा बहिनीसँग सुतेकी युवतीले भुइँमा सुतेका पुरूषले तानेर बलात्कार गरेको आरोप लगाएकी थिइन् ।

तर, पुरूषले राति खाटबाट युवती आफै सँगै सुत्न आएको र पछि सहमतिमा यौन सम्पर्क भएको प्रहरीसमक्ष बयान दिएका थिए । त्यस्तै विवाह नगर्ने हो कि भन्ने त्रासले मुद्दा दायर गरेको भन्ने युवतीको बयानलाई अदालतले आधार बनाएको हो ।

योसँगै बलात्कारको आरोपमा पक्राउ परेका रामारोशन गाउँपालिकाका उक्त पुरूषलाई सहमतिमा यौनसम्पर्क भएको तर, जबरजस्ती करणी नभएको ठहर गर्दै अदालतले सफाइ दिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..