रुस-युक्रेन युद्ध रोक्न मध्यस्थकर्ता बनेका यी अर्बपति

एजेन्सी । यी हुन् रोमन अब्राभचोभिच । उनलाई रुसी अर्बपतिका रुपमा चिनिन्छ । अब्राभोभिच चेल्सीका मालिक थिए । तर, उनको सम्पत्ति रोक्का राखिएको छ । चेल्सीको मालिकका रुपमा उनी अहिले छैनन् ।

रुस र युक्रेनबीच युद्ध चलेलगत्तै अब्राभचोभिचले चेल्सी फुटबल क्लब विक्रीको घोषणा गर्दै प्राप्त रकम युद्धग्रस्त क्षेत्रको हितमा प्रयोग गर्ने घोषणा गरेका थिए । त्यसपछि उनी शान्ति वार्ता गराउन सक्रिय भए ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका निकट मानिने अब्राभचोभिचबारे विभिन्न हल्ला चल्यो । उनलाई विष पिलाइएको चर्चा चल्यो ।

आज रुस र युक्रेनबीच टर्कीमा वार्ता चल्दा अब्राभचोभिच पनि देखिए । उनी वार्ताको मध्यस्थकर्ताका रुपमा टर्कीका राष्ट्रपति रिकेप टेइप एयरडोगेनसँग कुराकानी गरिरहेको भेटिए । शान्ति वार्ताका लागि उनी मस्को र किभमा कैयौंपटक हवाई मार्गबाट ओहोरदोहोर गरेको खुलेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..