श्रम स्वीकृति रद्द र बिमा रकम भुक्तानी सम्बन्धित कार्यालय प्रमुखबाटै

काठमाडौं । श्रम स्वीकृति रद्द गर्ने अधिकार सम्बन्धित कार्यालय प्रमुखलाई दिइएको छ । वैदेशिक रोजगार विभागको १२ फागुनको निर्णयअनुसार श्रम स्वीकृति रद्दका लागि सम्बन्धित कार्यालय प्रमुखलाई दिइएको हो ।
बिमा रकम भुक्तानी सम्बन्धिको सेवा समेत सम्बन्धित कार्यालय प्रमुखबाट हुने भएको छ ।

श्रम स्वीकृति रद्दका लागि सम्बन्धित कार्यालयमा नै सम्पर्क गर्नु हुन विभागले सबैमा अनुरोध गरेको छ । त्यसका लागि विभागमा आइरहनु नपर्ने विभागका महानिर्देशक शेषनारायण पौडेलले जानकारी दिए ।


बिमा रकम भुक्तानीका लागि विभागबाट सम्बन्धित कामदारले श्रम स्वीकृती लिएर गएको हो भनी प्रमाणित गर्नुपर्ने प्रावधानसमेत हटाइएको विभागले जनाएको छ ।सम्बन्धित बिमा कम्पनीले विभागको अनलाइन सूचना व्यवस्थापन प्रणालीबाटै श्रम स्वीकृती लिएको/नलिएको रुजु गर्न सक्ने व्यवस्था मिलाइएको महानिर्देशक पौडेलले बताए । यो कामको लागि समेत विभागमा आइरहन नपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..