अर्जेन्टिना बराबरीमा रोकियाे

एजेन्सी । विश्वकपमा छनोट भइसकेको अर्जेन्टिना बराबरीमा रोकिएको छ । बुधबार बिहान भएको विश्वकप छनोट खेलमा अर्जेन्टिनाले इक्वेडरसँग १–१ को बराबरी खेल्दै अंक बाडेको हो ।

अर्जेन्टिनाले सुरुवाती अग्रता लिएपनि खेलको अन्तिममा सम्हालिन नसक्दा बराबरीमा चित्ता बुझाउनु पर्यो । अर्जेन्टिनाको लागि जुलियन अल्भारेजले गोल गरे भने इक्वेडरका लागि इननेर भ्यालेन्सियाले गोल फर्काए ।

खेलको २४औँ मिनेटमा अल्भारेजले गोल गर्दै अर्जेन्टिनलाई अग्रता दिलाएका थिए । तर इन्ज्युरी समयमा भ्यालेन्सियाले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए ।

यो बराबरीसँगै १७ खेलबाट ३९ अंक जोडेको अर्जेन्टिना अंकतालिकाको दोस्रो स्थानमा रहेको छ । अर्जेन्टिनाले यसै वर्ष कतारमा हुने विश्वकपमा स्थन पक्का गरिसकेको छ ।इक्वेडरले १८ खेलबाट २६ अंक जोडेर चौथो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..