विवेकशील साझाको पार्टी कार्यालय तनावग्रस्त

काठमाडौं । विवेकशील साझा पार्टीको कार्यालयमा तनाव उत्पन्न भएको छ । पार्टीभित्रकै संस्थापन पक्ष र असन्तुष्ट पक्षबीच विवाद उत्पन्न भएपछि मंगलबार केहीबेर तनावग्रस्त बनेको थियो ।


पार्टी कार्यालयमा रहेको हलमा कार्यक्रम गर्ने विषयलाई लिएर दुवै पक्ष वादविवादमा उत्रिएका हुन् । एउटै समयमा संस्थापन पक्ष र असन्तुष्ट पक्षले पार्टीको हलमा कार्यक्रम गर्न खोजेपछि विवाद उत्पन्न भएको साझा विवेकशील पार्टीका नेता प्रकाशचन्द्र परियारले जानकारी दिए ।


‘पार्टीको कार्यक्रम थियो । त्यही हलमा असन्तुष्ट पक्षले पनि कार्यक्रम गर्न खोजेपछि विवाद भएको हो । अहिले दुवै पक्षको कार्यक्रम नभएपछि विवाद सकियो,’ परियारले भने । असन्तुष्ट पक्षले पार्टी कार्यालयमै पत्रकार सम्मेलन गर्न खोजेको थियो । तर, अर्को पक्षले पत्रकार सम्मेलन गर्न नदिएपछि केहीबेर विवाद उत्पन्न भएको हो ।

विवाद बढ्दै गएपछि सुरक्षाकर्मीले दुवै पक्षलाई मिलाएको थियो । असन्तुष्ट पक्षले सोमबार रवीन्द्र मिश्रसहितका नेताहरूलाई तीन दिने स्पष्टीकरण सोधेको थियो । त्यसको विषयमा जानकारी दिन पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । तर, मिश्र पक्षले पत्रकार सम्मेलन नै गर्न नदिएपछि अनसन्तुष्ट पक्षले पार्टी कार्यालयमै नाराबाजी गरेको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..