चुनावमा जाने कि नजाने भन्ने विषयमा राष्ट्रिय भेलाले निर्णय लिन्छ : आहुती

काठमाडौं । वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालका संयोजक विश्वभक्त दुलाल ‘आहुती’ले आफ्नो दल चुनावमा जाने कि नजाने भन्ने विषयमा राष्ट्रिय भेलाले निर्णय लिने बताएका छन् ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै चूनावमा जनतामाझ जाने कुरा सकारात्मक नै भएपनि यस बिषयमा राष्ट्रिय भेलाले निर्णय लिने बताएका हुन् । उनले पार्टी एकिकरण बारे कुनै पार्टीसँग आधिकारीक छलफल नभएको बताए ।

चुनावमा मात्रै जानेलाई राजनीति नभनिने भन्दै उनले चुनाव बाहिर बस्ने पनि राजनीतिको विभिन्न आयाम मध्ये पर्ने धारणा राखे । पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य मदन अर्यालले प्रज्ञा भवन कमलादीमा भोलि १७ चैत्रको दिउँसो १२ बजे राष्ट्रिय भेलाको उद्घाटन हुने र चैत्र १७ गते साझदेखि १९ गते सम्म भक्तपुरको बोडेमा बन्द सत्रको कार्यक्रम हुने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..