स्थानीय तहको चुनावमा तालमेल गर्ने नेपाली काँग्रेसको निर्णय, सत्ता गठबन्धन एक भएर चुनावमा जाने सम्भावना बढ्यो

काठमाडौं । नेपाली काँग्रेसले स्थानीय निकायको निर्वाचनमा तालमेल गर्ने भएको छ । आज केन्द्रीय कार्यसमितिले आवश्यकता अनुसार स्थानीय निकायमा तालमेल गर्ने निर्णय गरेको हो ।

काँग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले सर्वसम्मत रुपमा तालमेल गर्ने निर्णय गरेको जानकारी दिए । यसअघि काँग्रेसभित्र डा. शेखर कोइराला पक्षधरले तालमेलको विरोध गर्दै आएको थियो । तर, सभापति शेरबहादुर देउवासहित उनी पक्षधर नेताहरु तालमेलको पक्षमा उभिएपछि उक्त निर्णय भएको हो ।

आजको निर्णयसँगै काँग्रेसले सत्ता गठबन्धनका घटक नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीसँग चुनावी तालमेल गर्ने निश्चितप्रायः भएको छ ।

काँग्रेसले स्थानीय तह निर्वाचनका लागि विभिन्न समिति गठन गरेको छ । उपसभापति पूर्णबहादुर खड्कालाई निर्वाचन परिचालन समितिको संयोजक तोकेको छ । उनी काँग्रेसको चुनावी कमाण्डर भएका छन् । डा. प्रकाशशरण महतको संयोजकत्वमा प्रचार प्रसार समिति पनि गठन भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..