इटहरीमा बम विष्फोट


इटहरी । सुनसरीको इटहरीमा बम विष्फोट भएको छ । सोमबार राति करिब १० बजे इटहरी उपमहानगरपालिका- २ को नवजागृति टोलमा बम विष्फोट भएको हो । विष्फोटमा परी दुई जना घाइत भएका छन् ।इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक खगेन्द्र खड्काका अनुसार बम विष्फोटमा परेर इटहरी उपमहानगरपालिका- २ नवजागृति टोलमा बस्दै आएका २२ वर्षीय रविन थापा र लमजुङका २३ वर्षीय शेरजंग गुरुङ घाइते भएका छन् ।

उनका अनुसार थापाको डेरामा बम विष्फोट भएको थियो । विष्फोटमा परी घाइते भएका थापाको विराटनरआँखा अस्पताल र गुरुङलाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको छ ।घटनास्थलबाट हिमाल सुरक्षा परिषद् नेपालको पर्चा बरामद भएको प्रहरीले बताएको छ । परिषद्ले हिन्दु राष्ट्रको माग गर्दै फागुन १५ गतेबाट सशस्त्र संघर्षको घोषणा गरेको थियो ।


विष्फोटमा घाइते भएकाहरू परिषद्को कार्यकर्ता भएको प्रहरीको आशंका छ । थापाको डेरामा गुरुङ केही दिनअघि पाहुना आएका थिए । विष्फोट भएको बम सुतली हुनसक्ने डीएसपी खड्काले बताए ।संघीयता खारेज, हिन्दु राष्ट्र घोषणा, नागरिकता छानबिन गर्नुपर्ने, भारत-चीन सीमा विवाद समाधान गरिनुपर्ने, एमसीसी सम्झौता खारेज गरिनुपर्नेलगायतका माग राख्दै परिषद् संघर्ष घोषणा गरेको थियो ।

सोही परिषद्ले झापाको बिर्तामोड रदमकमा बम आतंक सिर्जना गरेको थियो ।गत माघ ९ गते बिर्तामोडको पश्चिम बसपार्क र माघ १३ गते दमक- ५ मा रहेको एक चर्चको गेटमा शंकास्पद बस्तु फेला परेको थियो । सो घटनामा संलग्न भएको आरोपमा झापा प्रहरीले ९ जनालाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..