मोटरसाइकल दुर्घटनामा चार बालकको मृत्यु

जनकपुर । धनुषाको सबैलामा गएराति भएको मोटरसाइकल दुर्घटनामा चार बालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।सबैला नगरपालिका-१२ बरकुर्वामा राति ८ः३० बजेतिर ज ६ प ६७३९ नंको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।


पाँच जना सवार मोटरसाइकल दुर्घटना हुँदा चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले बताए ।दुर्घटनामा परी सबैला नगरपालिका-२ निवासी १५ वर्षीय राहुल यादव, १२ वर्षीय लक्ष्मी यादव, बौका भनिने विकास यादव र १४ वर्षीय सुमित यादव रहेको प्रहरीले जनाएको छ ।


दुर्घटनामा परी गम्भीर भएका घाइतेलाई उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको थियो । उपचार गर्न नपाउँदै चार जनाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए ।दुर्घटनामा सबैला-२ निवासी १९ वर्षीय सुरेन्द्र यादव पनि घाइते भएका छन् ।

उनको प्रादेशिक अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।दुर्घटनाको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..