श्रोत नखुलेको ५५ लाखरकमसहित दुई युवक पक्राउ


महोत्तरी । महोत्तरी प्रहरीले श्रोत नखुलेको ५५ लाख रकमसहित दुई जनालाई पक्राउ गरेको छ ।ईलाका प्रहरी कार्यालय गौशाला र प्रहरी चौकि औरहीको संयुक्त टोलीले आइतबार औरही नगरपालिका वडा नम्बर १ बाट रकमसहित ती युवकलाई पक्राउ गरेको हो ।


पक्राउ पर्नेमा औरही नगरपालिका वडा नम्बर २ बस्ने २१ बर्षका धिरज कुमार यादव र १८ वर्षीय रमेश कुमार सहनी रहेको महोत्तरी प्रहरीका प्रवक्ता प्रकाश विष्टले जानकारी दिए ।ज.९ प. ८२४७ नम्बरको मोटरसाईकलमा सबार उनीहरूलाई चेकजाँच गर्दा ५५ लाख बरामद भएको विष्टले बताए ।

धिरजले काँधमा भिरेको कालो रंगको कपडाको झोलाभित्र लुकाई छिपाई ल्याएको उक्त रकम बरामद भएको उनले बताए ।पक्राउ परेका दुबैलाई रकम र मोटरसाइकलसहित आवश्यक कार्वाहीका लागि भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..