स्थानीय निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७२३ मतदाता

काठमाडौं । आइतबार बसेको निर्वाचन आयोगको बैठकले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मतदाताको नामावली टुंगो लगाएको छ ।

बैठकले आगामी स्थानीय तहको चुनावका लागि १ करोड ७७ लाख ३३ हजार ७ सय २३ जना मतदाताको नामावली टुंगो लगाएको हो।मतदातामध्ये ८९ लाख ९२ हजार १० जना पुरुष र ८७ लाख ४१ हजार ५ सय ३० जना महिला रहेको आयोगले जनाएको छ । साथै, अन्यतर्फ १८३ जना रहेको पनि बताइएको छ ।आयोगले टुंगो लगाएको नामावलीतर्फ सबैभन्दा बढी मतदाता मोरङमा रहेका छन् ।

मोरङमा ७ लाख १५ हजार २२३ जना मतदाता रहेका छन् ।
सबैभन्दा कम मतदाता मनाङमा रहेको बताइएको छ । मनाङमा ६ हजार ४ सय ९६ मतदाता रहेका छन्।

७५३ वटै स्थानीय तह र ७७ वटै निर्वाचन कार्यालयको सहयोगमा अन्तिम मतदाताको सूची तयार पार्न सफ भएको हो। आयोगले अन्तिम नामावली प्रकाशन भएपछि सूचीबाट नाम हेरफेर गर्न नपाइने पनि जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

राजनीतिक नेतृत्वहरु कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ,तर व्यबहारमा त्यो देखिन्न – सिंह

राजनीतिक नेतृत्वहरु कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ,तर व्यबहारमा त्यो देखिन्न – सिंह

काठमाडौं । राजनीतिक नेतृत्वहरू कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ । ऐन–कानुन संशोधन गरेर बलियो नीति बनाउनुपर्छ भन्नुहुन्छ, तर व्यवहारमा त्यो देखिन्न  निवर्तमान प्रहरी महानिरीक्षक..