स्थानीय निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७२३ मतदाता

काठमाडौं । आइतबार बसेको निर्वाचन आयोगको बैठकले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मतदाताको नामावली टुंगो लगाएको छ ।

बैठकले आगामी स्थानीय तहको चुनावका लागि १ करोड ७७ लाख ३३ हजार ७ सय २३ जना मतदाताको नामावली टुंगो लगाएको हो।मतदातामध्ये ८९ लाख ९२ हजार १० जना पुरुष र ८७ लाख ४१ हजार ५ सय ३० जना महिला रहेको आयोगले जनाएको छ । साथै, अन्यतर्फ १८३ जना रहेको पनि बताइएको छ ।आयोगले टुंगो लगाएको नामावलीतर्फ सबैभन्दा बढी मतदाता मोरङमा रहेका छन् ।

मोरङमा ७ लाख १५ हजार २२३ जना मतदाता रहेका छन् ।
सबैभन्दा कम मतदाता मनाङमा रहेको बताइएको छ । मनाङमा ६ हजार ४ सय ९६ मतदाता रहेका छन्।

७५३ वटै स्थानीय तह र ७७ वटै निर्वाचन कार्यालयको सहयोगमा अन्तिम मतदाताको सूची तयार पार्न सफ भएको हो। आयोगले अन्तिम नामावली प्रकाशन भएपछि सूचीबाट नाम हेरफेर गर्न नपाइने पनि जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..