ओली आज कपिलवस्तु जाँदै, २ सांसदसहित ५ हजारलाई पार्टी प्रवेश गराउने

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली आज कपिलवस्तु जाँदैछन् । उनी त्यहाँ दुई सांसदसहित विभिन्न पार्टी परित्याग गरि एमाले प्रवेश गर्ने ५ हजारभन्दा बढी नेता कार्यकर्ताहरुलाई स्वागत गर्ने एमालेले जनाएको छ ।
अध्यक्ष ओलीले संघीय सांसद वृजेशकुमार गुप्तालाई एमालेमा स्वागत गर्ने छन् ।


२०७४ को प्रतिनिधिसभा निर्वाचनमा सूर्य चिन्ह लिएर स्वतन्त्रबाट विजयी गुप्ता आज औपचारिक रुपमा एमाले प्रवेश गर्ने भएका हुन् । उनी २०७४ सालको निर्वाचनमा सुर्य चिन्ह लिएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

त्यस्तैगरी आजनै कपिलवस्तुबाट प्रदेशसभामा निर्वाचित लुम्बिनी प्रदेश सांसद धर्मबहादुरलाल श्रीवास्तव पनि आज एमाले प्रवेश गर्ने भएका छन् । उनी पनि २०७४ सालको निर्वाचनमा सूर्य चिह्न लिएर कपिलवस्तु क्षेत्र नम्बर २ (ख) बाट विजयी भएका थिए ।

त्यस्तैगरी कविलवस्तु क्षेत्र नं २ र १ बाट पाँच हजार बढी अगुवा कार्यकर्ता एमालेमा प्रवेश गर्ने एमालेको दावी छ ।तीन महिनाअघि पनि एमाले अध्यक्ष ओली पार्टी प्रवेश गराउन कपिलवस्तु गएका थिए । भैरहवाको कार्यक्रम सकेर ओली तौलिहवा जाने एमालेले जनाएको छ ।

मंगलबार पनि ओली उतै

आज काठमाडौंबाट कपिलवस्तु जान लागेका ओली मंललबार पनि लुम्बिनी प्रदेशमै रहनेछन् । मंगलबार अध्यक्ष ओलीले बिहानै तिलोत्तमा नगरपालिकास्थित शंकरनगर वनबाटिकाभित्र निर्माण भएको भ्यू टावर उद्घाटन गर्नेछन् । त्यस्तै होटल ड्रिमल्याण्डमा आयोजना हुने भूपूसैनिक तथा प्रहरी संगठनको केन्द्रीय महाधिवेशनको उदघाटन कार्यक्रममा सहभागी हुनेछन् ।

त्यस्तै दिउँसो लुम्बिनीमा वृहत पार्टी प्रवेश कार्यक्रम तथा सम्बोधन कार्यक्रममा अध्यक्ष ओली कार्यक्रम तय भएको नेकपा एमालेले जनाएको छ । त्यहाँ अध्यक्ष ओलीले जसपाबाट निर्वाचित तीनजना वडाध्यक्षसहित ठूलो संख्यामा कार्यकर्ताहरुलाई एमाले प्रवेश गराउने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..