गहना लुटेको आरोपमा चार पक्राउ

विराटनगर । १३ किलो चाँदीका गहना लुट्ने चार जनालाई आइतबार मोरङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा दमक ३ का २४ वर्षीय सविन विक, सुनसरी इटहरी ५ का वादल विक, उदयपुर रौतामाई नगरपालिका–६ का वर्षीय विशाल विक र महोत्तरी वर्दिवास–१ का ३४ वर्षीय मनोज ठाकुर हुन् ।


उनीहरुलाई मोरङ अदालतमा उपस्थित गराई ६ दिनको म्याद थपेर प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ । उनीहरुले ८ चैतको राति करिब ८ बजे झापाको दमक–१ स्थित पाथीभरा ज्वेलर्स एण्ड सप्लायर्सका कर्मचारी ओम कालिकोटेले बोकेको चाँदीको गरगहना लुटेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार कालिकोटे पूर्वबाट पश्चिमतर्फ आइरहेको बेला मोरङको बेलबारी नगरपालिका–४, बेतनास्थित सडक खण्डमा गरगहना लुटी उनीहरु फरार भएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..