कोइराला पक्षका तरुण र विद्यार्थीको अलग्गै बैठक बस्दै


काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला निकट तरुण र विद्यार्थी नेताहरुको आज अलग्गै बैठक बस्दै छ । पार्टी सभापति शेरबहादुर देउवाले तरुण दल र नेविसंघमा एकलौटी नियुक्त गरेको भन्दै असन्तुष्ट कोइराला पक्षले काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा आज आफू निकट नेताहरुको छुट्टै बैठक बोलाएको हो ।


दिउँसो १ बजे बस्ने बैठकमा संघर्षलाई कसरी अघि बढाउने भनेर छलफल गर्ने शेखर कोइराला निकट विद्यार्थी नेता प्रेमिका रानाले बताइन् ।


पार्टी सभापति देउवाले ९ चैतमा तरुण दल अध्यक्षमा विद्वान गुरुङ र नेविसंघ अध्यक्षमा दुजाङ शेर्पालाई नियुक्त गरेका थिए । एकलौटी निर्णय भएको भन्दै शेखर कोइराला पक्षले पार्टी कार्यालय सानेपामा पार्टी सभापति देउवाविरुद्ध प्रदर्शन समेत गरेको थियो ।कोइराला पक्षमा समानान्तर गतिविधि गर्ने विषयमा बहस समेत हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..