चिनियाँ विदेशमन्त्री वाङबी र अध्यक्ष ओली बिच के के कुरा भयो ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र चिनियाँ विदेशमन्त्री वाङ यी बीच मेरियट होटलमा भेटवार्ता भएको छ । भेटमा नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे गम्भीर कुराकानी भएको छ ।

वाङलाई भेट्न ओली पार्टीका वरिष्ठ नेतासहित होटल मेरियट पुगेका थिए । उनको साथमा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, महासचिव शंकर पोखरेल, विदेश विभाग प्रमुख डा. राजन भट्टराई सहभागी थिए ।

भेटमा नेकपा एमाले र चिनियाँ कम्युनिस्ट पार्टीबीचको सम्बन्ध सुदृढीकरण, नेपालको विकसित राजनीतिक घटनाक्रम, कम्युनिस्ट पार्टीहरुबीचको पछिल्लो विवादका विषयमा समेत वाङले चासो राखेको बुझिएको छ । वाङले वामपन्थी शक्तिबीच एकतामा जोड दिएको विश्वस्त स्रोतले जानकारी दिएको छ ।

ओलीले बीआरआईसम्बन्धी विकास परियोजनाहरु अगाडि बढाउन आग्रह गरेको बुझिएको छ । उनले चीनले नेपालसँग ठप्प पारेको नाका खुलाउन पनि आग्रह गरेका छन् । बीआरआई परियोजनामा ओलीको चाहनाका कतिपय योजनाहरु पनि परेका छन् । चीनले नाका ठप्प पार्दा नेपालमा चीनप्रतिको धारणा नकारात्मक बन्दै गएको छ । यसतर्फ ओलीले गम्भीर बन्न भनेको स्रोतले बतायो ।

ओलीलाई भेटेपछि वाङले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् । ओली र प्रचण्डलाई वाङले एउटै होटलमा छुट्टाछुट्टै भेटेर महत्वपूर्ण सन्देश दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..