राष्ट्रपति भण्डारीलाई विहानै भेट्दै वाङ यी, ओली–प्रचण्डलाई भेटेपछि भ्रमण अन्त्य गर्ने

काठमाडौं । तीन दिने नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टचार भेट गर्ने भएका छन् ।

उनले शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा, समकक्षी डा. नारायण खड्का लगायतसँग भेटवार्ता गरेका थिए । राष्ट्रपति भण्डारी र विदेशमन्त्री वाङबीच आज बिहान १० बजे भेटवार्ता हुने भएको हो ।

राष्ट्रपतिसँगको भेटपछि विदेशमन्त्री वाङले प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सत्ता गठबन्धनका नेता तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवर्ता गर्नेछन् ।

ओली र प्रचण्डलाई होटल हायातमा भेट्ने कार्यक्रम रहेको छ । उनले ओलीसँग बिहान ११:१० देखि ११:४० भेटवार्ता गर्ने जनाइएको छ ।

त्यसपछि सत्तारुढ दलका नेता एवं पूर्वप्रधानमन्त्री माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग होटल हायातमै भेट्नेछन् ।

उनले प्रचण्डसँग भने ११:४५ देखि १२:१५ सम्म भेट्ने तालिका रहेको छ । त्यसपछि विदेशमन्त्री यीको तीन दिने नेपाल भ्रमण समापन हुने छ ।
र, ३ बजे बेइजिङका फर्किनेछन् ।

विदेशमन्त्री वाङ यीको नेपाल भ्रमण यो तेस्रो पटक हो । प्रधानमन्त्री देउवासँगको भेटमा नेपाल र चीनबीच द्विपक्षीय हितका बारेमा कुराकानी भएको परराष्ट्र मन्त्रलायले जनाएको छ ।

वाङले चिनियाँ प्रधानमन्त्री ली खस्याङको सन्देश प्रधानमन्त्री देउवालाई सुनाएको वालुवाटार स्रोतले जनाएको छ । प्रधानमन्त्री देउवाले पनि वाङ यीलाई कोरोना खोप सहयोग गरेको प्रति धन्यवाद दिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..