धरान । स्थानिय चुनाव नजिक एमालेबाट कांग्रेसमा प्रवेश गर्ने लहरका विच धरान–६ घोपाली टेलका नेकपा एमालेका सकृय कार्यकर्ता अर्जुन बस्नेत नेपाली कांग्रेसमा प्रवेश गरेको कांग्रेस सुनसरी–१ क्षेत्रिय समितिले जनााएको छ ।
एमालेका संगठित सदस्य रहेका बस्नेत उक्त वडामा कांग्रेसको पार्टी सशक्तिकरण अभियान प्रशिक्षण कार्यक्रमका विच कांग्ेस प्रवेश गरेको बताइएको छ । कार्यक्रममा उनले एमालेले जनतालाई ढांटने र छल्ने मात्रगर्ने गरेकाले पार्टीप्रति वितृष्णा जागेर कांग्रेसलाई राम्ररी बुझेर प्रवेश गरेको बताए ।
उनलाई कांग्रेस क्षेत्रीय सभापति सुजेन्द्र तामाङले खदा र अविर लगाई पार्टीमा स्वागत गरेका थिए । कार्यक्रममा कांग्रेसका जिल्ला, क्षत्रिय, नगर समितिका पदाधिकारीहरु सहभागी थिए । यसै विच कांग्रेस क्षेत्रिय समितिले हाल सम्म धरान वडा नं.६, ७, ८, ९, १०, १४, १५, १६, १७, १८, १९ र २० मा वडा स्तरिय पार्टी सशक्तिकरण अभियान कार्यक्रम सम्पन्न गरिसकेको जनाएको छ । यसैगरी रामधुनी नगरपालिका वडा ७, बराहक्षेत्र नगरपालिका वडा ३, ४ र ५ अभियान सकिएको छ ।
अभियानको क्रममा वडाहरुमा संगठन क्षमता अभिवृद्धि, स्थानीय नेतृत्वलाई सांगठानिक, राजनीतिक र सामाजिक गतिविधिगर्न जनमुखी बन्न उत्प्रेरित गरिएको सभापति तामाङले बताए । अभियान गएको फागुन १ देखि शुरु गरिएको थियो ।


