अबको निर्वाचनमा माओवादीले हार्दा गणतन्त्र नै हार्ने खतरा छ : अध्यक्ष दाहाल

गोरखा । पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको निर्वाचनमा माओवादीले हार्दा गणतन्त्र हार्ने खतरा रहेको बताउनुभएको छ । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाको नबनिर्मित प्रशासकिय भवनको आज उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संघीयता बिरोधीहरु माओवादीलाई सिध्याउन लागी परेको बताउनुभयो ।

गणतन्त्र बिरोधीहरु जनताका समावेशी अधिकार, समानुपातिक अधिकार खोस्न अझै उद्दत रहेको उहाँको भनाई थियो । अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘परिवर्तनका लागी अग्रणी भूमिका खेलेको माओवादीले अबको निर्वाचन जिते मात्र देशमा सामाजिक न्याय र सम्बृद्धिको बाटो खुल्नेछ ।’

पटक–पटक संविधान र गणतन्त्र हरण गर्न प्रयास गर्नेहरुबाट सचेत हुनुपर्ने उहाँको भनाई थियो । अध्यक्षले माओवादी केन्द्र एक महिना मात्र जागे देश फेरि माओवादीमय हुने भन्दै निर्वाचनको तयारीमा होमिन नेता कार्यकर्तालाई निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, गाउँगाउँमा सिंहदरबार हुनुहुँदैन भन्नेहरुका बिरुद्ध हामी लड्नुपर्छ ।’ अध्यक्ष प्रचण्डले संघियता,गणतन्त्र लगायतका प्राप्त उपलब्धी माओवादीले जन्माएको भन्दै त्यसको रक्षा गर्ने जिम्मेवारी पनि माओवादीकै भएको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..