केपी ओलीले अब दुई तिहाइ होइन, दुई तीन सिटचाहिँ ल्याउँछन् : खनाल

काठमाडौं । नेकपा एकीकृत समाजावादीका ‘सम्मानित नेता’ झलनाथ खनालले अब केपी ओली नेतृत्वको नेकपा एमालेले दुई तिहाइ सिट ल्याउन नसक्ने बताएका छन्।

शनिबार समाजवादी प्रेस संगठनको विस्तारित बैठकलाई सम्बोधन गर्दै खनालले भने- ‘अब केपी ओली ओलीले ल्याउने भनेको दुई तिहाइ होइन, त्यसको उल्टो दुई तीनवटा चाहिँ ल्याउन सक्छन्।

त्यहाँभन्दा बढी ल्याउन सक्ने मैले देखेको छैन।’उनले दुई तिहाइ कहिलेकाहीँ मात्रै प्राप्त हुने उपलब्धि भएको बताए। संसद्‌मा नेकपाको दुई तिहाइ रहेको बेलामा धेरै काम गर्न सक्ने अपूर्व अवसर भए पनि ओलीले अवसर अनुसार काम नगरेको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..