नेपालबाट नारिता एकतर्फी भाडा दर एक लाख २ हजार रुपैयाँसम्म

काठमाडौं। श्रमिक र विद्यार्थीका लागि जापान सरकारले आवागमन खुला गरिदिएसँगै यतिखेर काठमाडौं-नारिता सिधा उडानका लागि टिकट पाउनै मुस्किल भएको छ।जापान नागरिक उड्डयन प्राधिकरणले जारी गरेको नयाँ मापदण्डका कारण काठमाडौं-नारिता सीमित संख्यामा यात्रु लान पाइने प्रावधानले टिकटको अभाव भएको नेपाल वायुसेवा निगमले जनाएको छ।


निगमका अनुसार नारितातर्फको उडानमा एक सयभन्दा बढी यात्रु लान पाइँदैन। तर नारिताबाट काठमाडौं आउँदा भने जहाज क्षमता अनुसार फुल अकुपेन्सीमा यात्रु सेवा दिन सकिन्छ। यसको अर्थ नारिताबाट जहाजभरी मान्छे ल्याउन पाइन्छ तर काठमाडौंबाट भने १०० जना मात्र लान पाइन्छ।
‘आजसम्मको बुकिङ हेर्दा आउँदो अप्रिल १९ सम्मका लागि बुकिङ फुल भइसकेको छ। यहाँबाट एक सय जनाभन्दा बढी यात्रु लान नपाइने प्रावधान छ। पालना गर्नै पर्‍यो। यसो हुँदा जापानमा रोजगार र शिक्षाका लागि जान लागेका यात्रु प्रभावित भएका छन्,’ निगमका एक उच्च पदाधिकारीले भने।


टिकट अभाव भएपछि निगमले यो गन्तव्यमा जाने यात्रुका लागि कोड सेयरिङमार्फत मलेसिया, बैंकक ट्रान्जिट हुँदै नारिता जान सक्ने जनाएको छ। यतिखेर काठमाडौं-नारिता उडानका लागि एकतर्फी भाडादर एक लाख दुई हजार रुपैयाँ निर्धारण गरिएको निगमले जनाएको छ।


दुई वर्षपछि जापान सरकारले विद्यार्थी र श्रमिकका लागि आवगमन खुला गरेसँगै यो गन्तव्यमा आउजाउ गर्ने यात्रुको चाप बढेको हो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..