चिनियाँ विदेशमन्त्री वाङको ‘सेड्युल’ : शिवपुरी हाइकिङपछि मात्र राजनीतिक भेटवार्ता

काठमाडौं । त्रिदिवसीय भ्रमणमा भारतको नयाँदिल्लीबाट शुक्रबार २५ सदस्यीय भ्रमण टोलीसहित काठमाडौं आइपुगेका चिनियाँ विदेशमन्त्री वाङ यी आइतबार साँझ फर्कदैछन् ।


फर्कनुअघि उनले नेपालका शीर्ष नेताहरुसँगग भेटवार्ता गर्दैछन् भने उनले नेपालको पर्यटकीय स्थलको पनि अवलोकन गर्दैछन् ।शुक्रबार दिउँसो भारतबाट नेपाल आएका वाङले भोलिमात्र नेपालका शीर्ष नेताहरुसँग औपचारिक भेटवार्ता सुरू गर्नेछन् ।

वाङले शनिबार बिहान नेपालका समकक्षी डा.नारायण खड्कासँग भेटवार्ता गर्नेछन् भने त्यसअघि बिहानै साढे ६ बजे नै शिवपुरीमा हाइकिङ जाने कार्यतालिका रहेको छ । शनिबार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवा, आइतबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता हुनेछ ।

भेटवार्तापश्चात आइतबार साँझ नै मन्त्री वाङ चीन फर्किने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..