काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्रहरी नियमावलीमा भएको दशौं संशोधन राजपत्रमा प्रकाशित भएसँगै नयाँ सृजना भएको वरिष्ठ नायब निरीक्षक पदमा १७० जनाको बढुवा सिफारिस गरेको छ ।
प्रहरी प्रधान कार्यालयले हाल नायब निरीक्षक रहेका १७० जनालाई वरिष्ठ नायब निरीक्षकमा बढुवा सिफारिस गरेको हो । प्रहरी प्रधान कार्यालय बढुवा समितिका अनुसार वरिष्ठ नायब निरीक्षकमा बढुवा गर्नुपर्ने ११७१ मध्ये दोस्रो सूचीमा १७० जनाको बढुवा सिफारिस भएको हो ।
यसअघि बिहीवार मात्रै १९१ जनाको बढुवा सिफारिस भएको थियो ।


