प्रम देउवा श्रीलंका नजाने, बिमस्टेक शिखर सम्मेलनलाई भर्चुअल सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा  श्रीलंका नजाने भएका छन् । यसअघी यही चैत १६ गते उनले श्रीलंकाको भ्रमण गर्ने बताइएको थियो ।

श्रीलंकाले चैत १६ गतेबाट आयोजना गर्ने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को शिखर सम्मेलनमा सहभागी हुन उनी त्यसतर्फ जाने गत फागुन २३ गते आयोजना गरिएको पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री डा. नारायण खड्काले घोषणा गरेका थिए ।

‘प्रधानमन्त्रीज्यु  श्रीलंका नजाने हुनु भएको छ। बिमस्टेक सम्मेलनलाई उहाँले भर्चुअल सम्बोधन गर्नु हुनेछ,’ परराष्ट्र मन्त्रालय स्रोतले भन्यो ।

बिमस्टेकमा नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, थाइल्याण्ड र म्यानमार गरी ७ राष्ट्र सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..