नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै, निर्वाचनमा गठबन्धन गर्ने वा नगर्नेबारे छलफल हुने

काठमाडौं । सत्ता नेतृत्वमा रहेको नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्ने भएको छ । ललितपुरको सानेपास्थित केन्द्रीय कार्यलयमा दिउँसो २ बजे बस्ने बैठकमा मुख्यगरी तीन एजेडामा छलपल हुने जनाइएको छ ।

जसमा स्थानीय तह निर्वाचन लक्षित ‘घर–घर जाऔं, कांग्रेस जिताऔँ’ अभियानको प्रारम्भिक समीक्षा हुने मुख्य चिव कृष्णप्रसाद पौडेलले बताएका छन् ।

त्यस्तैगरी स्थानीय तह निर्वाचनमा टिकट वितरणका लागि केन्द्रीय संसदीय समिति गठन गरिने र चुनावी तालमेलबारे पनि छलफल हुने बनाइएको छ ।

आजको केन्द्रीय कमिटी बैठकमा समसामयिक बिषयमा पनि विशेष छलफल हुने नेपाली काँग्रेसले जनाएको छ । काँगेसका केही नेताहरु आगामी निर्वाचनमा कुनैपनि दलहरुसँग तालमेल गर्न नहुने पक्षमा उभिएका छन् । यद्यपि सभापति देउवाले भने तालमेल गर्ने वा नगर्ने भन्नेबारे स्पष्ट बताइनसकेको अवस्था छ ।

आजको बैठकमा स्थानीय तहका लागि गठबन्धनका दलहरुसँग सर्तसहित तालमेल गर्नेगरी सहमति गर्नेबारे निर्णय हुनसक्ने संभावना रहेको नेताहरुले बताएका छन् ।

स्रोतका अनुसार काँग्रेस गठबनधनका दलहरु एमालेसँग मिल्न जान सक्ने भन्दै सशंकित भएकाले सर्त राख्न चाहेको हो । यद्यपि यसबारे आजको बैठकले ठोस निर्णय लिने नेताहरुको भनाइ छ ।

काँग्रेसमा गठबन्धन गर्ने वा नगर्ने भन्नेबारे दुई धार हुँदा नेताहरु एक अर्कामा आरोप प्रत्यारोपमा छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..