बिडारीको नेतृत्वमा आठ सदस्यीय आमसञ्चार तथा पत्रकारिता प्राज्ञिक विभाग गठन

काठमाडौ । नेपाल पत्रकार महासङ्घले केन्द्रीय सदस्य शन्तराम बिडारीको नेतृत्वमा आठ सदस्यीय आमसञ्चार तथा पत्रकारिता प्राज्ञिक विभाग गठन गरेको छ ।

उक्त विभागको उपप्रमुखमा सुभाष साह तथा सदस्यमा डा. बालकृष्ण चापागाईँ, रामकृष्ण अधिकारी, विकास कार्की, कृष्णराज गौतम, रामहरि सिलवाल र भानुभक्त अधिकारी छन् । विभागमा महासङ्घका केन्द्रीय सदस्य, श्रमजीवी पत्रकार, विज्ञलाई समावेश गरिएको छ ।

महासङ्घको हालै तिलौराकोटमा सम्पन्न केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकले आमसञ्चार क्षेत्रलाई थप व्यवस्थित र प्रभावकारी बनाउन यस क्षेत्रको हित संवद्र्धनका लागि केही विभाग तथा समिति गठन गरेको थियो । विभागका प्रमुख बिडारीले उक्त विभागमा प्राज्ञिक तथा प्रभुत्व वर्गको प्रतिनिधित्व गराई विश्व परिवेशमा देखिएका आमसञ्चार तथा पत्रकारिता क्षेत्रका सैद्धान्तिक, व्यवहारिक र प्राज्ञिक पक्षमा बहस छलफल गरी यस क्षेत्रको प्रवद्र्धनमा भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।

आमसञ्चार तथा पत्रकारिताको अध्ययन तथा अध्यापन हुने देशभरका विश्वविद्यालयसँग समन्वय गरी सातै प्रदेशमा बृहत् प्राज्ञिक सभा गर्ने विभागले जनाएको छ । आमसञ्चार तथा पत्रकारिता क्षेत्रमा क्रियाशील सञ्चारकर्मी, विज्ञ, प्राज्ञिक व्यक्तिलाई विभागमा थप गरिने छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..