स्थानीय निकायका जनप्रतिनिधिलाई कर्मचारीले टेर्न छाडे

काठमाडौं । स्थानीय निकायका जनप्रतिनिधिलाई कर्मचारीले टेर्न छाडेका छन् । आउँदो वर्षको ३० वैशाखमा चुनाव तय भएपछि कर्मचारीले टेर्न छाडेका हुन् ।

जनप्रतिनिधिले उम्मेदवारी मनोनयन गर्दा अनिवार्य राजीनामा गर्नुपर्ने निर्वाचन आयोगको निर्णयले पनि कर्मचारीले टेर्न छाडेका हुन् । अब एक महिना मात्र धेरैजसो जनप्रतिनिधि रहने अवस्था बनेको छ । यसकारण पनि कर्मचारीले पालिका प्रमुख र उपप्रमुखहरुको निर्देशन मान्न छाडेका हुन् ।

देशभरका अधिकांश पालिकाहरुमा समन्वय गर्न सक्ने जनप्रतिनिधिबाहेकसँग कर्मचारीको टकराव हुने गरेको देखिन्छ । चुनाव नजिकिदै जाँदा अन्य दलका प्रतिनिधिहरु पनि विभिन्न काममा दबाब बढाउन थालेका छन् ।

अहिले जनप्रतिनिधिहरु धमाधम पालिकाहरुको बाँकी रहेका खर्चहरु सक्ने र अनुगमन गर्नेमा सक्रिय भएका छन् । देशभर जनप्रतिनिधिहरु प्रायः अनुगमनमा खटिएको देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..