ओली प्रधानमन्त्री हुँदा भएको भ्रष्टाचार र संविधान मिचेको कुरा जनतामा पुर्‍याउनु पर्छ : गुरुङ

तेह्रथुम । केपी ओली प्रधानमन्त्री हुँदा गरेको भष्ट्राचार अनियमितता र संविधान मिच्ने काम जनतासामु पुर्‍याउनु पर्ने नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व राज्यमन्त्री सिता गुरुङले बताएकी छन् । घर घरमा जाउँ नेपाली कांग्रेसलाई जिताउँ भन्ने मूल नाराका साथ तेह्रथुमको छथर शुक्रबारे बजारमा आयोजित कार्यक्रममा गुरुङले यस्तो बताएकी हुन् ।

‘स्थानीय सरकार देखि केन्द्र सरकारसम्म नेकपाको सरकारले गरेको भष्ट्रचार,योजना अनियमितता कर्मचारी सरुवा बढुवामा भएको बेथिति गर्दै आएको छ । ओली सरकार हुँदा जनतालाई झुक्याएको नेकपा सरकारले गरेको गलत कामहरुलाई जनताको घर घरमा पुर्याउनु पर्छ ’उनले भनिन् ।

निर्वाचन नजिकिँदै गर्दा कांग्रेस तेह्रथुमले आफ्नो गतिबिधीलाई तिब्रता दिन थालेको छ । तेह्रथुम जिल्लाको ५ वटा स्थानीय तह गत निर्वाचनमा वाम गठबन्धनले जितेपछि सुशासनमा जित्न नसकेको नेपाली कांग्रेसका महासमिति सदस्य तुलसी सुब्बाले बताए ।

नेकपाले जितेका पालिकाहरुमा चरम भष्ट्रचार भएको र चुनावमुखी कार्यक्रमहरु ल्याउँदै जनताको आँखामा छारो हाल्दै आएको सुब्बाले बताए । कार्यक्रममा कांग्रेस जिल्ला सभापती अर्जुन तुम्बाहाम्फे, पूर्व जिल्ला सभापति गोबिन्द ढुङगाना, महासमिति सदस्य टेकराज तिगेला, छथर सभापति रामचन्द्र भट्टराई लगायतले मन्तव्य राखेका थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..