डीआईजीहरू उचाल्ने नाइके पत्ता लाग्यो,एआईजी पोखरेल ,पाल र एसएसपी सिंहको घिन लाग्ने हर्कत

काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) विश्वराज पोखरेल र हरिबहादुर पालको उक्साहटमा तीन जना नायब महानिरीक्षकहरू (डीआईजी)ले उजुरी गर्न पुगेको खुलासा भएको छ ।

अबको एक महिनामा अनिर्वाय अवकासमा जान लागेका एआईजी पोखरेल र पालले एआईजी बढुवामा भाँजो हाल्न डीआईजी घनश्याम अर्याललाई उचालेर लोकसेवा आयोगको उजुरी सुन्ने सचिवालयमा उजुरी दिएको स्रोतले जनाएको छ ।

डीआईजी घनश्याम अर्याल एआईजी पोखरेल र पालको उक्साहटमा उजुरी दिन पुगेपछि डीआईजीद्वय प्रकाशजंग कार्की र ईश्वरबाबु कार्की पनि पछिपछि लागेर उजुरी दिन पुगेको उच्च स्रोतको भनाइ छ ।

गृह मन्त्रालयले डीआईजीहरू बसन्त पन्त, धिरजप्रताप सिंह र रविन्द्रबहादुर धानुकलाई एआईजी बढुवामा सिफारिस गरेको थियो । मन्त्रिपरिषदबाट एआईजीमा बढुवा गर्ने बेला एआईजी हरिबहादुर पाल , विश्वराज पोखरेल र एसएसपी अशोक सिंहको हर्कतले नेपाल प्रहरीभित्र तनाबको स्थिति बनेको छ ।

नेपाली कांग्रेस नेतृत्वको सरकार आउनेवित्तिकै सुदूरपश्चिमको नाता लगाएर शैलेस थापा क्षेत्रीलाई हटाएर पाल आफू आईजीपी बन्न खोजेका थिए । तर, प्रधानमन्त्री शेरबहादुर देउवाले पालको कुरामा रुचि नदेखाएपछि जिल परेर रानीपोखरीमा थन्किएका छन् ।

आईजीपी थापासँगै पाल पनि वैशाख २० गतेतिर उमेर हदका अनिर्वाय अवकासमा जाँदैछन् ।

तीन जना डीआईजीलाई उचालेर उजुरी गर्न पठाएका पालको योजनाले घनश्याम अर्याल, प्रकाशजंग कार्की र ईश्वरबाबु कार्की तनाबको अवस्थामा पुगेका छन् ।

अहिले उनीहरू एआईजी पोखरेल र पालको उक्साहटमा लागेर नेपाल प्रहरीको चेनअफ कमाण्ड भत्काउने कार्य गरेको भनेर पछुताएका छन् ।

यी तीन जना डीआईजीलाई उजुरी गर्न उचालनेमा एसएसपी अशोक सिंह पनि छन् । एआईजी पोखरेल , पाल र एसएसपी सिंहबीच निकै घनिष्ट सम्बन्ध छ । पाल र सिंह मिलेर तीन जना असन्तुष्ट डीआईजीहरूलाई उचालेको स्रोतले जनाएको छ ।

एसएसपी सिंहले काठमाडौं प्रहरीको प्रमुख हुँदा कीर्ते काण्डका तत्कालीन डीआईजी नवराज सिलवाललाई सफाइ दिन प्रतिवेदन बनाएका थिए । तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई खुसी बनाउन एसएसपी सिंहले विवादित व्यक्ति सिलवाललाई सफाइ दिन ठूलो भूमिका खेलेका थिए ।

एआईजीको बढवा प्रकरणमा पोखरेल र पालसँग मिलेर चलखेल गरेपछि आफू एसएसपीबाट डीआईजीमा बढुवा हुन सहज हुने सिंहको बुझाइ छ । चेक काण्डमा परेका एसएसपी सिंह विवादित प्रहरी अधिकारी मानिन्छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..