यस्तो लफडामा फसे एसएसपी सिंह,कारबाही गर्न सिफारिस

काठमाडौं । नेपाल प्रहरीका एसएसपी अशोक सिंहलाई कारबाही सिफारिस भएको छ ।

जुवाखालमा ‘चोरी भएको’ भनिएको चेकसम्बन्धी उजुरीमा गलत मनसाय राखेर अनुसन्धान गरेको भन्दै उनीमाथि कारबाही सिफारिस गरिएको हो । एसएसपी सिंह काठमाडौं परिसरको प्रमुख हुँदा सो घटना भएको थियो ।

डीआईजी राजेशलाल कर्ण नेतृत्वको समितिले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई सोमबार प्रतिवेदन बुझाउँदै कारबाहीको सिफारिस गरेको हो । सिन्धुलीका राजकुमार बरालको चेक जुवा खेल्ने क्रममा उनका साथी सुभाष भेटवालले लिएका थिए ।

बरालले आफ्नो चेक चोरी गरेर त्यसमा भेटवालले आफैँ रकम भरेको उनको दाबी छ । भेटवालले भने चेकमा भएको रकमको माग गरी प्रहरीमा उजुरी गरेका थिए ।

चेक बाउन्स नै नभएको अवस्थामा भेटवालले उजुरी गरेको र प्रहरीले क्षेत्राधिकारबाहिर गएर सो मुद्दाको अनुसन्धानमा बद्नियत राखेको प्रतिवेदनमा रहेको स्रोत बताउँछ । घटनाको भोलिपल्टै बरालले चेक हराएको भनेर प्रहरीमा उजुरी दिएका थिए ।

सोही निवेदनका आधारमा प्रहरीले चेक हराएको ठाउँमा जुवा खेलेको भनेर घटनास्थलको मुुचुल्का पनि गरेको थियो । जसका आधारमा जुवा मुद्दा चलाउनुपर्ने देखिएकोमा त्यसतर्फ प्रहरीले अनुसन्धान गरेन ।

‘जुवा खेलेको सूचना पाउँदा पनि एसएसपीले त्यसमा अनुसन्धान नगरी लुकाएको देखियो,’ छानबिन समितिका एक अधिकारीले भने, ‘त्यसमा उहाँको नियत ठीक देखिएन भन्ने हाम्रो निष्कर्ष हो ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..