एसएसपी साह चुनावी मैदानमा उत्रिए

काठमाडौं । नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) गोविन्द साह प्रहरीबाट राजीनामा दिएर राजनीतिमा होमिएका छन्।एसएसपीबाट राजीनामा दिएका साह आउँदो वैशाख ३० गतेका लागि तय स्थानीय चुनामा धनुषाको विदेह नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने तयारीमा जुटेका छन्।


प्रहरी प्रधान कार्यालयका अनुसार एसएसपी साहले दिएको राजीनमा गत फागुन १० गते स्वीकृत समेत भइसकेको छ। शाहले पनि राजीनामा दिएर चुनावी मैदानमा उत्रने तयारी गरेको बताए। यतिबेला उनी आफ्नो निर्वाचन क्षेत्रमै रहेर चुनावी तयारीमा जुटिरहेका छन्।

शाहले आफूले नेपाली कांग्रेसको तर्फबाट मेयरमा उम्मेदवारी दिने तयारी भएको बताए। सोही अनुसार प्रक्रिया समेत अघि बढाइएको उनले बताए। २०४९ चैतमा प्रहरी निरीक्षकको रुपमा नेपाल प्रहरीमा प्रवेश गरेका शाह २९ वर्ष सेवा गर्दै एसएसपीबाट राजीनामा दिएर चुनावी मैदानमा उत्रेका हुन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..