पाकिस्तानी प्रधानमन्त्री खान मिडियाविरुद्ध खनिएपछि…

एजेन्सी । पाकिस्तानी प्रधानमन्त्री इमरान खान पछिल्लो समय देशको मिडियाविरुद्ध खनिन थालेका छन् । उनले मिडियाले देशबाहिरबाट रकम पाइरहेको आरोप समेत लगाएका छन् । नाम उल्लेख नगरी विभिन्न उद्देश्यका देशभित्रका संस्था र बाहिरी मुलुकबाट रकम प्राप्त गरिरहेको आरोप लगाएका हुन् ।

खानले यस्तो आरोप लगाएपछि पाकिस्तानको पत्रपत्रिकाका सम्पादकहरुको संगठन द काउन्सिल अफ पाकिस्तान न्युजपेपर एडिटर्सले झुटा र आधारहीन आरोप लगाएको प्रतिक्रिया दिएका छन् । उनीहरुले अभिव्यक्तिप्रति सरकारले माफी माग्नुपर्ने भनेका छन् ।

सम्पादकहरुको काउन्सिलका अध्यक्ष कजम खानले अभिव्यक्ति स्वतन्त्रमाथि प्रहार भनेका छन् । उनले इमरान खानले सबैभन्दा बढी मिडियामाथि प्रहार गरेको आरोप लगाए । उनले देशभित्र र बाहिरबाट रकम लिने मिडियाको नाम र प्रमाण दिन चुनौती समेत दिएका छन् । उनले प्रमाण दिन या सार्वजनिक रुपमा माफी माग्न भनेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..