रेडपाण्डाको छाला र चरेससहित ६ जना बाँके प्रहरीको नियन्त्रणमा

बाँके । बाँके प्रहरीले रेडपाण्डाको छाला र चरेससहित ६ जनालाई पक्राउ गरेको छ । नेपालगञ्जको शिक्षण अस्पताल नजिकैको एक होटेलबाट दुई थान रेडपाण्डाको छालासहित चार जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा डोल्पाका शुकराम विक, विवेक बोहोरा, रामकृष्ण शाही र हर्कबहादुर विक रहेको प्रहरीले जनाएको छ । त्यसैगरी पुष्पलाल चोकस्थित एक होटलबाट तीन किलो चरेशसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कालिकोटका प्रविण शाही र नेपालगञ्जका राज कार्की रहेका छन् । रेडपाण्डा कारोवारीहरुलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६(१) बमोजिम ५ लाख देखि १० लाखसम्म जरिवाना र ५ वर्षदेखि १५ वर्षसम्म कैद सजाय हुनसक्ने जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेले बताए ।

चरेस ओसापसार गर्नेलाई लागूऔषध नियन्त्रण २०३३ को दफा १४(घ) बमोजिम १ वर्षदेखि ३ वर्षसम्म कैद र ५ हजारदेखि २५ हजारसम्म जरिवाना हुनसक्ने जिल्ला प्रहरी कार्यालय बाँकेको प्रबक्ता तथा प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपनेले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..