सङ्घीयता विरोधीले नै सङ्घीय व्यवस्थामा हालीमुहाली गरिरहे : गुरुङ

भक्तपुर । नेकपा (माओवादी केन्द्र) का नेता एवं संसदीय दलका प्रमुख सचेतक देव गुरुङले सङ्घीयता विरोधीहरुले नै सङ्घीय व्यवस्थामा हालीमुहाली गरिरहेको बताएका छन् ।

वाइसीएल नेपाल भक्तपुरको आज प्रशिक्षण कार्यक्रममा उनले जसको नीति उसैको नेतृत्व हुनुपर्ने बताउँदै संसद्वादी पुराना दलले यसलाई पुरानै लयमा लैजान खोजेको र भ्रष्टाचारको अखण्डा बनाएको आरोप लगाए।

संसद्ले व्याख्यात्मक टिप्पणीसहित एमसिसी पारित गरी नेपाललाई अमेरिकी सैन्य रणनीतिअन्तर्गत सदस्य राष्ट्र बनाउने षड्यन्त्र रोक्न भूमिका खेलेको भन्दै उनले नेपाललाई अमेरिकी सैन्य रणनीतिअन्तर्गत राख्न अझै पनि प्रयास भइरहेको बताए।

पार्टीका केन्द्रीय सदस्यहरु दिलीप प्रजापति, देवेन्द्र श्रेष्ठ, डिपी ढकाल, प्रतिमा श्रेष्ठ, रामप्रसाद सापकोटालगायतले समसामयिक राजनीति र युवाहरुको भूमिका माथि प्रकाश पारेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..